Section 6
नियोगको घर र हाताको सम्बन्धमा कर छुट

विदेशी राज्य र नियोग प्रमुखलाई नियोगको घर र हाताको सम्बन्धमा विशेष सेवा प्रदान गरिए वापत तिर्नु पर्ने बाहेक अरु सबै राष्ट्रिय, स्थानीय कर तथा देय (ड्यूज) बाट छुट हुनेछ ।

तर विदेशी राज्य, नियोग वा नियोग प्रमुखसंग करार गर्ने कुनै पक्षलाई नेपाल कानुन बमोजिम तिर्नु पर्ने कुनै कर वा देय (ड्यूज) बाट छुट हुने छैन ।